प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा

प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ । कामना सेवा विकास बैंक लिमिटेडले ३५ हजार ५३४ कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखेकाे हाे।

उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ । खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर किन्न बोलकबोल गर्दा सबै कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित आज (भदौ २७) देखि असोज २ गते कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा बुझाउनुपर्नेछ ।

शेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।बैंकले प्रतिस्पर्धात्मक मूल्यमा बेच्ने गरी सो बिक्रीमा ल्याइएको उक्त शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।