प्रि ओपनमा १५ अंक बढ्यो नेप्से

प्रि ओपनमा १५ अंक बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.२४ अंकले बढेको छ । आज साताको अन्तिम कारोबार दिनको प्रि ओपनमा नेप्से परिसूचक १५ अंकले बढेको हो ।

यो ०.५८ प्रतिशतको वृद्धि हो । यससँगै परिसूचक २६ सय २५ अंकमा पुगेर रोकिएको छ । आजको प्रि ओपन सेसनमा कारोबार भएकामध्ये ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

यस्तै २१ वटा कम्पनीको शेयर मूल्य घटे्दा ४ वटाको मूल्य स्थिर कायम छ । यस्तै यसक्रममा २१ लाख ८१ हजार रुपैयाँको ३ हजार ३०४ कित्ता शेयर किनबेच भएको छ ।

यसबाट पछिल्लो समय निरन्तर घट्दो स्थितीमा रहेको शेयर बजार आज बढ्ने संकेत देखिएको छ ।