काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२ दशमलव ७३ प्रतिशतले घट्दै २६ सय १० दशमलव २१ अंकमा खुम्चिएको छ ।
आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । हिजाे मंगलबार ७ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे ।
परिसूचक घट्दै जान थालेपछि काराेबार रकम खुम्चिँदै गइरहेकाे छ । नेप्से परिसूचक ३ हजार अंककाे बिन्दुमा पुग्दा ३० अर्ब रूपैयाँसम्मकाे काराेबार हुन थालेकाे थियाे । तर परिसूचक घट्दै गएपछि काराेबार रकम समेत घटेर ६ अर्बमा खुम्चिएकाे हाे ।
आज काराेबार भएकामध्ये १० उपसूचक राताम्य भएका छन् । फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यस्तै, बैंकिङ्ग समूहमा ०.९३ प्रतिशतले गिरावट आउँदा विकास बैंक समूहमा १.०२ प्रतिशतकाे गिरावट देखिएकाे छ । आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया