१४ करोड कृषि कर्जाकाे प्रलोभन देखाएर १७ लाख झ्वाम, परे प्रहरीको फन्दामा


काठमाडौं – साढे १४ करोड रुपैयाँ कर्जा मिलाइदिने प्रलोभन देखाएर १७ लाख भन्दा बढी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कर्जा मिलाइदिनेभन्दै लाखौं रुपैयाँ ठगेर फरार व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

बाजुराको बुढीनन्दा गाउँपालिकाका विष्णु बहादुर कार्कीले साढे १४ करोड रुपैयाँ ऋण मिलाइदिने आस्वासन दिँदै एक व्यक्तीसँग १७ लाख ३१ हजार रुपैयाँ ठगेका थिए । लाखौं रुपैयाँ झ्वाम पारेर फरार सूचीमा रहेका कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले बुढानिलकण्ठ बस्ने कार्कीलाई ठगिको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनले आफू पीएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति भएको भन्दै कर्जा मिलाईदिने प्रलोभन बाँड्दै हिँडेका थिए ।

आफू पहुँचवाला व्यक्ती भएको झुटो प्रचार गर्दै साढे १४ करोड रुपैयाँ कृषि कर्जा मिलाइदिने र सोका लागि खर्च लाग्ने उनले बताएका थिए । झुटो प्रलोभनमा परेका व्यक्तीले १७ लाख ३१ हजार रुपैयाँ बुझाएपछि कार्की फरार भएका थिए ।