नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ४९ करोड, वितरणयोग्य नाफा 

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ४९ करोड, वितरणयोग्य नाफा 


बैकिङ्ग समाचार  । 

नेपाल इन्भेष्टमेन्ट बैंकले चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २४ करोड ७१ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम असुली नभएको ब्याज बापतको रकम व्यवस्था गर्दा बैंकको नाफाको तुलनामा शेयरधनीलाई बाँड्ने रकम निकै थोरै भएको हो।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ८८ करोड ८६ लाख र नियामकीय जगेडा अन्तर्गत १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने अत्यन्त न्यून हो।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा ७ करोड १ लाख रुपैयाँले खुद नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.३८ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ११ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब २१ करोड ७८ लाख र ३ करोड २६ लाख रुपैयाँ शेयर प्रिमियम रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब १८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी नै घटेपछि शुल्क कमिसन आय र ब्यापारिक तथा अन्य सञ्चालन आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा टेवा पुर्याउन सकेको देखिँदैन। बैंकले गत आवको चैत मसान्तको तुलनामा ३७ करोड ९८ लाखले खुद ब्याज आम्दानी घटेर ४ अर्ब ५३ करोड ५९ लाखमा संकुचित बनेको छ। जसले बैंकको सञ्चालन नाफा पनि १२ करोड १७ लाख घटेर ३ अर्ब ५६ करोड ५७ लाखमा झरेको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २।६७ प्रतिशतमा आएको छ। जसले बैंकको कर्जा नोक्सानी व्यवस्था रकम पनि ९२ करोडबाट घटेर ७७ करोड मात्र व्यवस्था गर्दा पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९५ गुणा, निक्षेप संकलन लागत ६.३८ प्रतिशत, आधारदर ८.५३ प्रतिशत, स्प्रेडदर ५.०१ प्रतिशत र पूँजीकोष अनुपात १२.५९ प्रतिशत रहेको छ।