काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यो २१ दिने निक्षेप संकलन उपकरणको असोज १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले भदौ लागेयता यो पाँचौ पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रीय बैंकले यसअघि भदौ २ गते १ खर्ब, १२ गते ४० अर्ब, १९ गते ४० अर्ब, भदौ २३ गते १ खर्ब प्रशोचन गरेको थियो ।



About Us
प्रतिक्रिया