सहकारी पीडितले आन्दोलन गरेपछि लामिछाने रुष्ट, अरूको इसारामा चलेकाे आरोप

सहकारी पीडितले आन्दोलन गरेपछि लामिछाने रुष्ट, अरूको इसारामा चलेकाे आरोप


पोखरा – सहकारी पीडितले आफूविरुद्ध आन्दोलन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पीडितमाथि खनिएका छन् । पोखरामा पार्टीको कार्यक्रममा आउने जानकारी पाएर सहकारी पीडितले आन्दोलन गरेपछि रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सहकारी पीडितले लामिछाने पोखरामा आउने जानकारी पाएपछि उनीविरुद्ध नाराबाजी गरेका थिए । यसबारे प्रतिक्रिया दिँदै सभापति लामिछानेले अरुको इसारामा पीडितले आफूविरुद्ध आन्दोलन गरेको बताएका हुन् ।

पीडितले आन्दोलन गरेपछि सभापति लामिछानेले आफ्नो दोष नरहेको समेत बताए । उनले भने, ‘तपाईहरु लड्नु भएको छ । ठिक छ । तर जसको दोष छैन, उसकाविरुद्ध आन्दोलन भइरहेको छ ।’

जबकी उनीमाथि सहकारीको करोडौं रुपैयाँ लगेर गोर्खा मिडियामा लगानी गरेको आरोप लागिरहेको छ । यसका लागि लामिछानेले विभिन्न हतकन्डा अपनाएको तथ्य बाहिर आइरहेका छन् । ‘अन्यको इसारामा मविरुद्ध आन्दोलन भइरहेको छ,’ रविले पटक–पटक भने ।

आज सभापति लामिछाने पुग्ने गण्डकी प्रदेशको कार्यक्रमस्थल बाहिर पोखराका सूर्यदर्शन सहकारी संस्थाका पीडितले आन्दोलन गरेका थिए ।