काठमाडौं – युसएडसँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।
वित्तीय ज्ञान, सिप, मनोवृद्ध तथा व्यवहार विकासबाट मात्रै ब्यवहारिक रुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।
स्थानिय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनाहरूलाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया