काठमाडौं – आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १३ अंकले घटेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २६ सय ३२ अंकमा आइपुगेको छ । यो ०.४९ प्रतिशतको गिरावट हो ।
परिसूचक १३.९ अंकले घटेको दिन आज ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै १७० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । यसबाहेक ८ वटा कम्पनीको शेयर मूल्य स्थिर कायम भएको छ । यसक्रममा आज ७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
यो नयाँ सरकार गठन भएयता सुरु भएको बुलिस यात्रामध्येकै सबैभन्दा न्यून हो । यसअघि दैनिक ३० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको थियो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ ।
१३ अंकभन्दा बढीले परिसूचक घटेपनि व्यापार समूहमा भने उछाल आएको छ । यो समूह २९ अंकले बढेको हो । यसबाहेक होटल तथा टुरिजम समूहमा कुनैपनि घटबढ भएको छैन । यता जीवन बीमा समूहमा १०० अंकको गिरावट आएको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहमा समेत ५३ अंकको गिरावट आएको छ । यीबाहेक अरु समूहमा समेत गिरावट आएको छ ।
प्रतिक्रिया