बैंकिङ्ग प्रणालीको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा गिरावट, अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट भएको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ २२ गते शनिबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ८१ अर्ब बराबरको निक्षेप संकलन भएको छ। भदौ २१ गते शुक्रबार भने ६४ खर्ब ८२ अर्ब निक्षेप संकलन भएको थियो ।

यस तथ्यांकलाई हेर्दा एक दिनमा १ अर्बले निक्षेप संकलन घटेको  देखिन्छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि गिरावट देखिएको छ । सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन पनि २ अर्बले घटेको छ । भदौ २१ गते ५७ खर्ब ५६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २२ गते ५७ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका हुन् ।

त्यस्तै, त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाह स्थिर देखिएको छ । २१ गते ५२ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका  बैंक तथा वित्तीय संस्थाले २२ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । 

यसैगरी त्यसअवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा भने १ अर्बले घटेको छ । २१  गते ४६ खर्ब  २ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २२ गते ४६ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.८५ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।