त्रिशूली बिच रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट


काठमाडौं – मुक्तिनाथ विकास बैंक र धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टमा विभिन्न सेवासुविधामा छुट सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले डेबिट कार्डरभिलेज कार्ड वा डिजिटल भुक्तानी गर्नु पर्नेछ।

बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैकिङ्ग , क्यूआर कोड अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैकिङ्ग जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।