कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाललाई विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ( भदौ २४ गतेदेखि असोज २९) ३५ दिनभित्र कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयसीमाभित्र संस्थापकहरूले शेयर नकिनेको खण्डमा, बैंकले सर्वसाधारणमा यी शेयर बिक्री खुला गर्ने जानकारी दिएको छ। शेयरको मूल्य भने बिक्रेताले तोकेअनुसार निर्धारण हुने बैंकले जनाएकाे छ ।