काठमाडौं – चीनको केन्द्रीय बैंकले लगातार चौथो महिना अगस्टमा पनि आफ्नो रिजर्भका लागि सुन खरिद नगर्ने निर्णय लिएको छ ।
शनिबार सार्वजनिक भएको आधिकारिक तथ्यांक अनुसार बैंकले यस्तो निर्णय लिएको रोयटर्सले जनाएको छ । चीनको सुनको सम्पति गत महिनाको अन्त्यसम्ममा ७ करोड २८ लाख ट्रॉय औन्स रहेको छ ।
रिजर्भमा राखिएको सुनको मूल्य भने जुलाईको अन्त्यमा १७६.६४ अर्ब डलरबाट बढेर १८२.९८ अर्ब डलर पुगेको छ । यस वर्ष सुनको मूल्य बढिरहेको छ ।
किनकि अमेरिकी ब्याजदर घट्ने सम्भावना र राजनीतिक तथा आर्थिक अस्थिरताबाट उत्पन्न सुरक्षित आश्रयको मागले सुनको माग बढाएको छ ।
धेरै देशका केन्द्रीय बैंकहरुले पनि खरिद गरिरहेका छन् । यस वर्ष सुनको मूल्य २१ प्रतिशतले वृद्धि भएको छ । खरिदमा रोक लगाउनु अघि चीनको पिपिल्स बैंक अफ चाइनाले लगातार १८ महिना सुन खरिद गरेको थियो ।



About Us
प्रतिक्रिया