काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ दशमलव ४६ अंकले घट्दै २७ सय १ दशमलव ९० को विन्दुमा बन्द भएको छ ।
आज दिभनर २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ । आज ८५ कम्पनी नाफामा जाँदा १ सय ५७ कम्पनी घाटामा गएका छन् ।
आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्द धेरै सिएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ्ग समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।
प्रतिक्रिया