भगतवी हाइड्रोपावरले घोषणा गर्यो १४ प्रतिशत लाभांस, बोनस शेयर कति ?

भगतवी हाइड्रोपावरले घोषणा गर्यो १४ प्रतिशत लाभांस, बोनस शेयर कति ?


काठमाडौं – भगतवी हाइड्रोपावर डेभलपमेन्टले आफ्ना शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको ५४औं सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चिती मुनाफाबाट लगानीकर्तालाई सो प्रतिफल दिने घोषणा गरेको हो ।

कम्पनीले १०.७३ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर दिने जानकारी दिएको छ । चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १४.७३ प्रतिशतले लाभांश घोषणा गरेको हो ।

यसअनुसार कम्पनीले नगद लाभांश बापत ६ करोड १४ लाख २१ हजार ६८४ रुपैयाँ वितरण गर्नेछ । यस्तै २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँ बराबर हुनेगरी ४ प्रतिशत बोनश शेयरबापत वितरण गर्नेछ ।