ङादी पावरले आफ्ना शेयरधनीलाई लाभांस नदिने

ङादी पावरले आफ्ना शेयरधनीलाई लाभांस नदिने


काठमाडौं – ङादी पावरले आफ्ना शेयरधनीहरुलाई लाभांस नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांस नदिने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार लाभांस घोषणाविनै साधारण सभाको मिति तय गरेको छ । जसअनुसार असोज १३ गते कम्पनीको वार्षिक साधारण सभा हुनेछ ।

यसका लागि यही भदौ ३१ गते बुक क्लोज हुने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५२.१० पैयाँ छ ।