लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट, १० प्रतिशत बोनस शेयर दिने

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट, १० प्रतिशत बोनस शेयर दिने


काठमाडौं – एभरेष्ट बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गर्दै पहिलो बैंक बनेको हो ।

यसअघि कुनै पनि वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट लाभांस घोषणा गरिसकेका छैनन् । एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसमेत) घोषणा गरेको हो ।

हाल एभरेष्ट बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ३९ लाख ३ हजार ८८० रुपैयाँ छ । यही चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको ३७२औं बैठकले १५.५३ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । यसबाहेक नेपाल राष्ट्र बैंकले समेत पारित गरेपछि वितरण हुनेछ ।