काठमाडौं – फिन्टेक अलायन्स नेपालका संस्थापक अध्यक्ष सञ्जीव सुब्बाले नेपालका फिनटेक कम्पनी ग्राहकप्रति उत्तरदायी रहेको बताएका छन् । भारतको मुम्बाईमा ३ दिनसम्म चलेको ‘ग्लोबल फिन्टेक फेस्टिभल’मा सुब्बाले नेपालका फिन्टेक कम्पनी विश्वस्तरीय विश्वसनीय रहेको बताएका हुन् ।
२८ देखि ३० अगस्टसम्म चलेको फिनफेस्टमा उनले भने, ‘नेपाली फिन्टेक कम्पनी विश्वसनीय छन् । ग्राहकप्रति उत्तरदायी छन् ।’ यस्तै नेपालले वर्षेनी अर्बौ डलरको सूचना प्रविधि निर्यात गर्ने र र निर्यातको कूल बजार मूल्य डेढ अर्ब अमेरिकी डलर बराबरको हुन सक्ने सुब्बाको भनाई छ ।
त्यसक्रममा उनले केही महिनाअघि काठमाडौंदेखि माथिल्लो मुस्ताङसम्मको यात्रामा गरेको डिजिटल भुक्तानीको कहानी समेत सुनाए । ‘केही महिना पहिला काठमाडौंदेखि ४ हजार मिटरको उचाईमा रहेको अप्पर मुस्ताङ पुगेको थिए,’ उनले भने, ‘त्यसक्रममा सयौं किलोमिटरको यात्रा डिजिटल पेमेन्टमार्फत भुक्तानी गरेरै सम्पन्न भयो ।’
यस्तै नेपाल राष्ट्र बैंकले समेत डिजिटल पेमेन्टलाई प्रोत्साहन गरिरहेको र आवश्यक नियमन समेत गरिरहेको बताए । नेपालमा फिन्टेक कम्पनीले गरेको प्रगती, पीएसओ र पीएसपीको बारेमा समेत बताउँदै केन्द्रीय बैंक नियमनबाट टाढा जान नसक्ने बताए । यसबाहेक नेपालको केन्द्रीय बैंकले सन् २०२६ सम्म सीबीडीसी बनाउन लागेको समेत उनको भनाई छ ।
‘विश्वका न्यून मुलुकले मात्रै सीबीडीसीमा काम गरिरहेका छन्,’ सुब्बाले भने, ‘तीनैमध्येको सूचीमा नेपालको केन्द्रीय बैंक पर्छ । यसबाहेक नेपालले डिजिटल पेमेन्ट रणनीति बनाइरहेको र डिजिटल पेमेन्टको छुट्टै रणनीति बनाउनु नै केन्द्रीय बैंकको ठूलो उपलब्धी भएको सुब्बाले बताए ।
प्रतिक्रिया