काठमाडौं – माण्डु हाइड्रोपावरले आफ्ना शेयर लगानीकर्ताहरुका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांस दिने भएको हो । यसअनुसार कम्पनीले १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश आफ्ना शेयरधनीमा बाँड्नेछ ।
माण्डु हाइड्रोपावरको २१३औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । माण्डु हाइड्रोले असोज १४ गते साधारण सभा बोलाएको छ । नगद लाभांस प्रस्ताव पारित गर्ने लक्ष्यसहित कम्पनीले सो मितिमा साधारण सभा बोलाएको हो ।
यस्तै नगद लाभांश वितरणका लागि कम्पनीले यही भदौ ३१ गत बुक क्लोज गर्ने भएको छ । ३१ गतेभन्दा अघिसम्म शेयर भएकाहरुले नगद लाभांश पाउनेछन् ।
प्रतिक्रिया