सहकारीको बदनाम गर्ने लक्ष्यसहित नराम्रा कामको प्रचार गरियो – मन्त्री अधिकारी

सहकारीको बदनाम गर्ने लक्ष्यसहित नराम्रा कामको प्रचार गरियो – मन्त्री अधिकारी


काठमाडौ – भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले पछिल्लो समय सहाकारीका विषयमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारीलाई बदनाम गर्ने र भ्रम फैलाउने काम भइरहेको बताएका हुन् ।

उनले राम्रा काम गरेका सहकारीको कामलाई मूल्याकंन नगरी नराम्रो कामहरुलाई मात्रै बाहिर ल्याइरहेको बताए । उनले सहकारीको समस्या समाधानका लागि सुझाव लिएर नै काम गरेको जानकारी दिए । ‘एकैपटक दुइवटा आयोग बनाउन नमिल्ने भएकाले सहकारीको छानबिन समितिको रिपोर्टको प्रतीक्षामा छौं,’ मन्त्री अधिकारीले थपे ।

‘सहकारीमा एउटै प्रवृत्तिको पीडित छैनन् । कोहि वास्तविक पीडित समस्यामा छन् । बैंकबाट ऋण लिएर सहकारीमा राख्ने अनि बीचको ब्याज खाने त्यस्तो मान्छे पीडित हुन्छ ?’ उनले प्रश्न गरे । मन्त्री अधिकारीले कतिपय समस्या समाधान गर्न कानुनले रोक्ने पनि बताए । कर्जा असुलि न्यायधिकरणको काम, कर्जा सुचना केन्द्र र सहकारी कोषको लागि काम अघि बढेको समेत उनको भनाई छ ।