नेप्सेमा उच्च गिरावट आउँदा ५० अंकले घट्यो बैंकिङ्ग समूह

नेप्सेमा उच्च गिरावट आउँदा ५० अंकले घट्यो बैंकिङ्ग समूह


काठमाडौं – आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९० अंकले घटेको दिन बैंकिङ्ग समूहमा ५० अंकको गिरावट आएको छ । समग्रमा यो ३.१७ प्रतिशतको गिरावट हो ।

यो साताको सुरुवातदेखि नै नेप्सेमा उच्च अंकको उतराचढाव आइरहेको छ । आइतबार ५३ अंकले घटेको बजार सोमबार १२७ अंकले बढ्यो । यस्तै मंगलबार ६ अंकले बढेपनि आज बुधबार पुनः ९० अंकले घटेको हो ।

यसक्रममा बैंकिङ्ग समूहमा समेत ठूलो गिरावट आएको छ । परिसूचक ५० अंकले घट्दा कारोबारमा आएका सबै १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । जसमध्ये ग्लोबल आईएमई र हिमालयन बैंकको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस्तै एसबीर्आ, प्रभु र सानिमा बैंकको शेयर मूल्य समेत ४ प्रतिशतभन्दा बढीले घटेको छ ।