काठमाडौं– नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको जनाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ १६ गते आइतबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६४ अर्ब बराबरको निक्षेप संकलन भएको छ। भदौ १५ गते शनिबार भने ६४ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको थियो । यस तथ्यांकलाई हेर्दा एक दिनमा ३ अर्बले निक्षेप संकलन घटेको देखिन्छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि केही गिरावट आएको छ । सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन १ अर्बले घटेको छ । भदौ १५ गते ५७ खर्ब ४० निक्षेप संकलन गरेका बैंकहरुले १६ गते ५७ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका हुन् ।
त्यस्तै, त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाहमा पनि १ अर्बको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाले गत १६ गते ५१ खर्ब ९४ अर्ब कर्जा प्रवाह गरेका छन्। गत १५ गते भने बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको देखाउँछ ।
प्रतिक्रिया