मुम्बई – एनएमबी बैंकका प्रमुख अधिकृत – रिटेल बैंकिङ रोशन रेग्मीले नेपाल र भारतले सुरु गरेको क्रसबोर्डर पेमेन्ट सिस्टमले भारतीय पर्यटकलाई सहज भएको बताएका छन् । भारतको मुम्बईमा सम्पन्न ‘ग्लोबल फिनटेक फेस्टिभल’को सेसन ‘Efficiency vs inclusivity: Examinig Bilateral and Multilateral Cross-Border Payments Systerm’ मा बोल्दै रेग्मीले यस्तो बताएका हुन् ।
३ दिनसम्म चलेको फेस्टको सो सेसनमा बोल्नेक्रममा उनले भारतबाट नेपालमा जाने पर्यटकलाई क्रसबोर्डर पेमेन्टले सहजीकरण गरिरहेको बताए । नेपाल र भारतले बायाल्याट्रल क्रसबोर्डर पेमेन्ट सर्भिस सुरु गरिसकेका छन् ।
यो काम नेपाल र भारतका फोनपेले सुरु गरेका हुन् । क्रसबोर्डर पेमेन्ट सिस्टमबाट साना तथा मझौला व्यवसायलाई समेत फाइदा पुग्ने रेग्मीको भनाई छ । यस्तै प्रयोगकर्तालाई समेत न्यून सेवा शूल्कका कारण फाइदा पुगेको उनको भनाई छ ।
‘फास्ट पेमेन्ट सुविधाका कारण क्यूआर सहज बन्दै गइरहेको छ,’ रेग्मीले भने, ‘चीन र भारतकोबीचमा भएकाले नेपाल राम्रो पर्यटकीय गन्तव्य समेत बन्न सक्छ । यस्तो अवस्थामा क्रसबोर्डर पेमेन्टले थप सहजता ल्याउँछ ।’
‘क्रसबोर्डर पेमेन्ट सिस्टम सुरु गर्दा नेपाललाई फाइदा पुग्छ नै,’ उनले भने, ‘बायाल्याट्रल क्रसबोर्डर पेमेन्ट सुरु हुँदा हामि उत्साहित छौं ।’ यतिबेला प्रयोगकर्ताले न्यून मूल्यमा सुविधा पाइरहेका छन् । सेवाग्राहीलाई न्यून मूल्यमा सुविधा दिने भन्ने विषय यसको बजारले नै तय गर्छ ।
यद्यपी धेरै कम्पनीहरुले शून्य शूल्कमा सेवा उपलब्ध गराउने गरी ‘प्राइस वार’ गरिरहेका छन् । उनीहरुले एउटा बिन्दुमा पुगेपछि पैसा लिने लक्ष्य तय गरेका छन् । यसले पेमेन्ट शूल्क पारदर्शी पनि बनाउँछ । तर शून्य सेवा शूल्क सम्भव नभएको रेग्मीको भनाई छ ।
प्रतिक्रिया