दसैंमा नयाँ नोट नबाड्ने केन्द्रीय बैंकको निर्णय, पुरानै नोट चलाउनुपर्ने हो ?

दसैंमा नयाँ नोट नबाड्ने केन्द्रीय बैंकको निर्णय, पुरानै नोट चलाउनुपर्ने हो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले यस पटक नयाँ नोट नछाप्ने भएको छ । नयाँ नोट छाप्न खर्च बढ्दै जाँदा राष्ट्र बैंक नयाँ नोट नछाप्ने निर्णयमा पुगेको हो ।

राष्ट्र बैंकले नयाँ नोट नछाप्ने भएसँगै यो पटकको दसैंमा नयाँ नोट देख्न नपाइने भएको छ । यसअघि राष्ट्र बैंकले ठूला चाडलाई लक्षित गर्दै नयाँ नोट छाप्दै आएको थियो । नयाँ नोट नछापे पनि पुरानै पैसाको सफा नोट सटही गरिदिने केन्द्रीय बैंकले जनाएको छ ।

दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने केन्द्रीय बैंकले जनाएको छ ।