काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार एक सूचना जारी गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै निर्माण व्यवसायीको कर्जाको वर्गीकरणको बारेमा जानकारी गराएको हो ।
केन्द्रीय बैंकले विभिन्न किसिमका ग्यारेण्टी जस्ता गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट सिर्जना भएको कर्जाको हकमा कर्जा शीर्षकमा लेखाङ्कन भएको ९० दिन नाघेमा ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको भन्दै निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी नयाँ व्यवस्था गरेकाे उल्लेख गरेकाे छ । केन्द्रीय बैंकले निर्माण व्यवसायीको जमानत दावी भई सिर्जना भएको कर्जाको हकमा ९० दिनसम्म असुली नभई खराब वर्गमा वर्गीकरण भइनसकेको अवस्थामा त्यस्तो कर्जालाई आ.व. २०८१/८२ मा कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको बताएको छ ।
प्रतिक्रिया