वित्तीय क्षेत्रमा बढ्दो अराजकता, शाखाहरुमा तोडफोड, लुटपाटदेखि आगजनीसम्म

वित्तीय क्षेत्रमा बढ्दो अराजकता, शाखाहरुमा तोडफोड, लुटपाटदेखि आगजनीसम्म


काठमाडौं– बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो समय अराजकता बढ्दै गएको पाइएको छ । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर वित्तीय क्षेत्रमा बढ्दै गएको अराजकता कम गराउन सरकारको ध्यानआकर्षण गरेका छन् ।

‘विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्‌नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय सस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा चम्ब्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौ। विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले लक्षित गरेको देखिएको छ। पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ।’ विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो समय लघुवित्त विरुद्धको संघर्ष समितीको नाममा यस्ता गतिविधी गर्नेहरु बढ्दै गएका हुन् । चार वित्तीय संस्थाका संगठनकाअनुसार कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लमेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु उनीहरुले गर्दै आएका छन् । संगठनले यस्ता क्रियाकलापबाट लघुवित्त क्षेत्रमा ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र वित्तीय प्रणालीमा नै असर पुग्ने जनाएको छ ।

यस्तो छ चार संगठनको संयुक्त प्रेस विज्ञप्ती

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्यालित बैंक तथा वित्तीय संस्थाहरुले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरन र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउदै आइरहेका छन् ।

विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्‌नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय सस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा चम्ब्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौ। विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले लक्षित गरेको देखिएको छ। पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ।

लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारवाट गठित कार्यदलमा लघुचित्त विरुद्धको संघर्ष समितिको तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट बावश्यक कदमहरु चानिरहेको वर्तमान स्थितिमा पनि कचित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट पुनः मिति २०८१/०५/११ का दिन तथा त्यस पछिका विनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सन्चालनमा अवरोध पुऱ्याउने जस्ता क्रियाकलापले लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र नैकिष्ट क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको छ ।

प्रचलित ऐन, नियम, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोवार गर्ने अधिकारबाट बन्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछी। नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयचग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधि मण्डलको भेटघाट पश्चात प्राप्त सकारात्मक आश्वासन प्रति विश्वस्त रहि यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याई कानून बमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुवाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि हार्दिक अनुरोध गर्दछौ। साथै, बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु विचलित नभई निरन्तर बाफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ-आफ्नाे कार्यमा लागि पर्न हार्दिक अनुरोध गर्दछौ ।

ग्राहक र बैंक तथा वित्तीय संस्था विचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैब मुख्य प्राथमिकतामा राखी, जस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिवद्ध रहेको समेत सम्बन्धित सबैमा जानकारी गर्दछौ ।