ओटिए प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र सहासिक गतिविधिको बुकिङ मोबाइलबाटै

ओटिए प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र सहासिक गतिविधिको बुकिङ मोबाइलबाटै


काठमाडौं – अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।

एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ ।

ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ । परिक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पुर्ण रुपमा सन्चालनमा आएको हो ।

एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तराष्ट्रिय कार्ड ९भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस० मार्फत भुक्तानी गर्न सकिनेछ । प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन तथा नेपाली सँस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो ।