स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले बिक्रीमा ल्याएको सो शेयर हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ भने ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।