साताको सुन कारोबार : ५ सयले बढ्यो सुनको मूल्य

साताको सुन कारोबार : ५ सयले बढ्यो सुनको मूल्य


काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य बढेको थियो। आइतबार बढेको सुनको मूल्य सोमबार सामान्य घट्दा मंगलबार स्थिर रह्यो ।  त्यस्तै, बुधबार, बिहीबार बढ्दै उच्च विन्दुमा पुगेको थियो । शुक्रबार सुनको मूल्य घट्यो । 

आइतबार –  १ लाख ५२ हजार ४ सय रुपैयाँ 

सोमबार–   १ लाख ५२ हजार ३ सय रुपैयाँ 

मंगलबार – १ लाख ५२ हजार ३ सय रुपैयाँ

बुधबार –  १ लाख ५३ हजार १ सय रुपैयाँ

बिहीबार – १ लाख ५३ हजार २ सय रुपैयाँ

शुक्रबार – १ लाख ५२ हजार ९ सय रुपैयाँ

यो साताको आइतबार १  हजारले बढेको सुनको मूल्य सोमबार १  सय र मंगलबार स्थिर रहेको थियो । यस्तै, बुधबार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले बढेको थियो । शुक्रबार भने सुनको मूल्यमा ३ सय रुपैयाँको गिरावट आएको थियो ।