साहस ऊर्जाको २ करोड ८२ लाख कित्ता शेयर लक–ईन सकिँदै, कारोबार कहिलेदेखि ?

साहस ऊर्जाको २ करोड ८२ लाख कित्ता शेयर लक–ईन सकिँदै, कारोबार कहिलेदेखि ?


काठमाडौं – साहस ऊर्जाको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लक–ईन अवधि असोज १६ गते सकिने भएको छ । संस्थापक, आयोजना प्रभावित र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लक–ईन सो मितिबाट खुल्ने भएको हो ।

यससँगै कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको कारोबार खुल्नेछ । कम्पनीले २०७८ असोज १७ गते शेयर बाँडफाँड गरेको थियो । सोक्रममा संस्पाक, आयोजना प्रभावित र कर्मचारीलाई सुरक्षित गरिएको शेयरको लक–ईन अवधि तोकिएको थियो ।

कम्पनीले दिएको जानकारीअनुसार २ करोड ४५ लाख कित्ता शेयर संस्थापकको छ । यस्तै आयोजना प्रभावित क्षेत्रका वासिन्दाको शेयर ३५ लाख कित्ता छ । यसबाहेक कर्मचारीलाई सुरक्षित गरिएको २ लाख १० हजार कित्ता शेयरको लक–ईन समेत एकैपटक सकिनेछ ।