एजेन्सी – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता एनभिडियाको बिक्री दोब्बरले बढेपनि शेयर मूल्यमा गिरावट आएको छ । एनभिडिया एआई चिप निर्माताको जायन्ट कम्पनीकारुपमा उदाइरहेको छ । यसले पछिल्लो समय आफ्नो व्यापारसँगै आम्दानी समेत दोब्बरले बढाउँदै लगेको छ ।
कम्पनीले ३ महिनाको अवधिमा ३० बिलियन अमेरिकी डलरको बिक्री गरेको घोषणा गरेको छ । विश्वबजारमा एआईको तीव्र विकासका कारण कम्पनीको व्यापारमा उछाल आएको छ । यससँगै कम्पनीको कूल शेयर मूल्य नै ३ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो ।
तर कम्पनीको यो वृद्धि विस्तारै घट्न थालेको छ । सिमोन फ्रेन्चको अनुसन्धान शाखा प्रमुख पानमुरे लिब्रेरुमका अनुसार पछिल्ला सूचकले कम्पनीको व्यापार वृद्धिमा गिरावट आएको हो । यद्यपी विश्लेषकहरुले ३ महिनामा कम्पनीको व्यापार २८ बिलियन अमेरिकी डलर हुने प्रक्षेपण गरेका थिए । जबकी कम्पनीको व्यापार प्रक्षेपणभन्दा माथि पुग्यो ।
यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १२२ प्रतिशतभन्दा बढीको वृद्धि हो । तर पनि कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । न्यूयोर्क स्टक एक्सचेञ्जमा भएको अन्तिम कारोबार अनुसार कम्पनीको शेयर मूल्यमा सो गिरावट आएको हो ।
प्रतिक्रिया