मुम्बई – मोको डिजिटल, मास्टरकार्ड र टुरिजम बोर्डबीच भारतको मुम्बईमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । मुम्बईमा जारी ग्लोबल फिनटेक फेस्टिभलमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सम्झौता सम्पन्न भएको हो ।
सम्झौतासँगै भारतीय मास्टरकार्ड प्रयोगकर्ताले नेपालमा भ्रमण गर्दा छुटसहितको सुविधा पाउने भएका छन् । उनीहरुलाई नेपालमा भुक्तानी गर्दा विभिन्न अफर समेत ल्याइने सम्झौतामा उल्लेख छ । यो सम्झौतामा हिमालय बैंकसमेत सामेल छ ।
सम्झौतामा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मोको डिजिटलका प्रमुख कार्यकारी अधिकृत र मास्टरकार्ड इन्डिया प्रमुखले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै नेपाल घुम्न चाहने भारतीयले मास्टरकार्डबाटै नेपालमा भुक्तानी गर्न सक्नेछन् । यससँगै भारतीय पर्यटक नेपाल आउँदा क्यास बोक्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
प्रतिक्रिया