काठमाडौं – बैंकहरूले यस पटक अतिरिक्त पुँजी कोष (काउन्टर साइक्लिकल बफर) राख्नु नपर्ने भएको छ। केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पुँजी कोष राख्न नपर्ने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै २०८१ साउनदेखि लागू हुने गरी आव २०८१/८२ का लागि यस्तो बफर शून्य प्रतिशत रहने जनाएको छ। केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को अन्त्यदेखि यो अतिरिक्त पुँजी कोषको लाग्ने व्यवस्था गरेको थियो ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र कर्जाको सम्बन्धको आधारमा यस्तो अतिरिक्त कोष राख्नुपर्ने व्यवस्था छ। केन्द्रीय बैंकले पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार गत आर्थिक वर्षमा ०.५ प्रतिशत बफर क्यापिटल लगाएको थियो।
यस्तो परिणाम वा दुरी ५ देखि १५ माथिसम्म देखिएमा सबै बैंकहरूले ०.५ देखि २.५ प्रतिशतसम्म थप पुँजी राख्नुपर्ने व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा भने बैंकहरूलाई ०.५ प्रतिशत थप यस्तो पुँजी राख्नुपर्ने व्यवस्था गरेको थियो।
प्रतिक्रिया