काठमाडौं – आज बिहीबारको प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८८ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको नेप्से परिसूचक आजको प्रि ओपनमा भने सामान्य बढेको हो ।
०.१७ प्रतिशतले परिसूचक बढेसँगै २७ सय ९१ अंकमा पुगेर रोकिएको छ । हिजो नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको थियो । परिसूचक सामान्य बढदा आज ५३ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस अवधिमा ९७ हजार कित्ता शेयर किनबेच भएको छ । २० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने बढेको छ ।
प्रतिक्रिया