कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं – कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको बैंकले जनाएको छ ।