काठमाडौं – अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपाल राष्ट्रिय समितिको अध्यक्षमा राजेशकाजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालमा सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् ।
संस्थाको मूख्य ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवद्र्धन गर्न भूमिका खेल्नेमा केन्द्रीत हुने बताइएको छ । संघको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित बनेका छन् ।
यस्तै लिमिटेड कम्पनीतर्फको उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित बनेका छन् । यसबाहेक पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा निर्वाचित बनेका छन् ।
यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा लगायत निर्वाचित भएका छन् ।
यसैगरी, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित समेत सदस्यमा निर्वाचिन बनेका छन् ।
निर्वाचितपछि सम्बोधन गर्दै अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकारसँग मिलेर काम गर्ने बताए । यस्तै, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक क्षेत्रसँगको सहकार्य समेत अघि बढाउने उनको भनाई छ ।
प्रतिक्रिया