काठमाडाैं – साताको चौथौं कारोबारको दिन आज ( बुधबार) शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । मंगलबार १११ अंकको गिरावट देखिएको नेप्सेमा आज ३ दशमलव ८० शुन्यको वृद्धि देखीएको छ। यो सँगै बजार २७ सय ८८ दशमलव ४० को बिन्दुमा कायम भएकाे छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभर आज ३ करोड ५ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँको कारोबार भएको छ। आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।
बुधबार बैंकिङ्ग समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहमको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०१ प्रतिशतसहित आठ उपसूचकमा हरियाली भएको छ ।
प्रतिक्रिया