साढे २२ लाख कित्ता शेयर बिक्री गर्दै स्टार माइक्रो इन्स्योरेन्स

साढे २२ लाख कित्ता शेयर बिक्री गर्दै स्टार माइक्रो इन्स्योरेन्स


काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले सो मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्ने तयारी थालेको छ । यसैकारण कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्यसहित यो कम्पनी २०७९ ९ महिना १४ मा दर्ता भएको थियो । कम्पनीले २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरेर सेवा सुरु गरेको थियो ।

दुई कम्पनीबीच भएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।