काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्ब ४७ रहेको छ । केन्द्रीय बैंकको भदौ ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणाालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
भदौ ७ गते ६४ खर्ब ४९ अर्ब निक्षेप संकलन भएकोमा ८ गते निक्षेप संकलनमा २ अर्बको गिरावट देखिएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि १ अर्बले घटेको छ । गत शुक्रबार ५७ अर्ब २१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले शनिबार ५७ खर्ब २० अर्ब संकलन गरेका हुन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ । बैंकहरुले गत शुक्रबार र शनिबार दुवै दिन ५१ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह पनि स्थिर देखिएको छ। गत शुक्रबार र शनिबार वाणिज्य बैंकहरुले ४५ खर्ब ८२ अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.८० प्रतिशतबाट घटेर ७८.७८ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया