काठमाडौं – नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुुद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्रीले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।
भेटमा दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया