काठमाडौं – नेपाल स्टक एक्चेञ्च (नेप्से) २७ सयको बिन्दुमा झरेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार १ सय ११ दशमलव ९६ अंकको गिरावटसँगै नेप्से २७ सय ७२ दशमलव ६० अंक कायम भएको छ ।
भारी अंकले बजारमा गिरावट आउँदा कारोबार रकममा समेत गिरावट देखिएको छ । आज दिनभर १८ अर्ब ६४ करोड, ९५ लाख ३० हजार बराबरको कारोबार भएको छ । ४ करोड ७८ लाख कित्ता शेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको छ । आज २२३ कम्पनी घाटामा गएका छन् भने २० कम्पनीले मात्र नाफा कमाएका छन ।
आज बजार घटेपनि ३ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज तारागाँउ रेजेन्सी, आत्मनिर्भर लद्युवित्त र डोदी पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेका छन् । आज सबैभन्दा धेरै बैंकिङ्ग समूहकाे सूचकमा ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, प्रतिशतकाे गिरावट देखिएकाे छ ।
प्रतिक्रिया