काठमाडौं – ‘कुमारी सुनौलो लगानी योजना’ले लाभांश (प्रतिफल) वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई करसहित १०. ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
सोही प्रयोजनका लागि आज (भदौ ११) गते बुकक्लोज गर्न लागिएको हो । भदौ १० गतेसम्म कायम इकाइधनी मात्रै घोषित लाभांश पाउने योग्य हुनेछन् ।
त्यसैगरी कम्पनीले योजनाका इकाइधनीले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गर्न सकिने समेत बताएको छ ।
इच्छुक इकाइधनीले भदौ २५ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । यस खुलामुखी योजनाको कोष प्रवर्द्धकमा कुमारी बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा कुमारी क्यापिटल रहेको छ ।
प्रतिक्रिया