काठमाडाैं – नेपाल बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा अफर सार्वजनिक गरेको छ । बैंकले नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि तीज विशेष अफर ल्याएको हो ।
सो अवसरअन्तर्गत बैंकले भदौ १ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने जनाएको छ ।
साथै, पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गर्ने साथै लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शत प्रतिशत छुट प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया