के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ?


काठमाडौं – अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली भनेको बैंकहरुबिच हुने विद्युतीय भुक्तानी र लेनदेनलाई सहज बनाउने प्रणाली हो । यो प्रणालीको मुख्य उद्देश्य बैंकहरूबीच सुरक्षित, छिटो र प्रभावकारी तरिकामा भुक्तानी आदान–प्रदान गर्नु हो ।

यसले ग्राहकहरूको खाताबाट अन्य बैंक खातामा पैसा स्थानान्तरण गर्न सहजता प्रदान गर्छ । साथै, सुरक्षित डाटा ट्रान्समिशन र प्रमाणीकरण प्रक्रिया प्रयोग गरेर बनाइएकाले सुरक्षामा कुनै कमी आउन दिँदैन । यसले भुक्तानी प्रक्रिया छिटो सम्पन्न गर्न मद्दत गर्ने गर्छ ।

नेपाल क्यिलरिङ्ग हाउसले बैंक तथा वित्तीय संस्थालाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा काम गर्दै आएको छ । यसबाहेक बैंकहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा जोड्ने कार्यलाई समेत तिव्रता दिँदै आएको छ ।

नेपाल क्लियरिङ हाउससँग आवद्ध रहेका बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली हो ।

क्लियरिङ हाउसको एनसीएचएल–आईपीएस एक अन्तरबैंक कोष स्थानान्तरण प्रणाली हो । यसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुले बल्क वा वान–टू–वान लेनदेन गर्छन् । यसबाट खाता–देखि–खाता भुक्तानी समेत गर्न सकिन्छ ।

कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत अथवा बैंकमा भौतिक उपस्थित भएर रकम भुक्तानी समेत दिन सक्छन् ।