एशियन लाईफ र मञ्जुश्री फाइनान्सको बोनस वितरण 

एशियन लाईफ र मञ्जुश्री फाइनान्सको बोनस वितरण 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको बोनस वितरण भएको छ ।
दुईओटा कम्पनीहरुको सेयर रजिष्ट्रर एनआईबिएल एस क्यापिटल लिमिटेडले अघिल्लो साधारण सभाबाट पारित भएको अक्त बोनस विवरण गरिएको हो । 
मञ्जुश्री फाइनान्सको चुक्ता पूँजीको ४० प्रतिशत बोनस र एशियन लाइफ इन्स्सोरेन्सको २५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । 
एशियन लाइफ इन्स्योरेन्सको माघ २१ गते सम्पन्न इन्स्योरेन्सको १३ औं बार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बराबरको उक्त बोनस माघ ११ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस जम्मा गरिएको हो ।
यस्तै, मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको उक्त बोनस सेयर पुस १४ गतेसम्म सेयर अभौतिक गराएका सेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।