काठमाडौं – नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया