काठमाडौं – सरकारले अन्ततः टिकटमाथीको प्रतिबन्ध हटाएको छ । आज बस्र्को मन्त्रीपरिषदको बैठकले प्रतिबन्ध हटाएको हो ।
शर्तसहित टिकटक खोल्न दिने नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको थियो ।
यो निर्णयसङ्गै सन्चार मन्त्रालयले दूरसन्चार प्राधिकरणलाई पत्र लेख्छ । सो पत्र पाएपछी प्राधिकरणले टिकटकमाथी लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढाउछ ।
प्रतिक्रिया