काठमाडौं – राष्ट्रिय सहकारी बैंकले १० वटा जिल्लामा रहेका २६ स्थानको जग्गा बिक्री गर्ने भएको छ । बैंकले सात दिनभित्र गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ ।
बैंकले काभ्रेपलान्चोक, झापा, मकवानपुर, भक्तपुर, धनकुटा, रौतहट, धादिङ, चितवन, सुनसरी र महोत्तरी जिल्लामा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको हो ।
इच्छुक व्यक्ति वा संघ संस्थो आज भदौ ६ गतेको ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । यसका लागि विभिन्न सर्तहरू तोकिएका छन् ।
सर्तहरू निम्नानुसार छन् :
(१) बोलपत्र फारम यस बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट ५००/ रूपैयाँ (अक्षेरुपी सय) फिर्ता नहुने गरी खरिद गर्न सकिने छ ।
(२) बोलपत्र फारममा आफुले बोलकवोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोल्ल फारममा आफुले लिन चाहेको अचल सम्पत्तिको विवरण यस बैंकबाट प्रकाशित सूचनाको आधा नै भर्नु पर्नेछ । उल्लेखित अचल सम्पत्तिको स्पष्ट विवरण उल्लेख गरी सो को मुल्य अंक र अक्षरमा भर्नुपर्नेछ । अंक र अक्षरमा रकम फरक पर्न गएमा अक्षरमा उल्लेखितलाई मान्यता दिइने ।
(३) बोलपत्रमा आफुले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशतले हुन आउने रकम राष्ट्रिय सहक बैंक लिमिटेडको नाममा Kumari Bank LTD पुतलीसडक, काठमाण्डौँ रहेको ख नं. ००१०००१४८६६००००१मा जम्मा गरेको सक्कल भौचरका साथ बोलपत्र पेश गर्नुपर्ने (४) लिलाम बिक्री हुने धितो सुरक्षण निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै सम्बन्धित शाखा कार्यालयहरुमा कार्यालय समय भित्र सम्पर्क राखी जे जस्तो अवस्थामा छ सोही अवस्थामा निरि गर्न सकिने छ । साथै सोही अवस्था तथा परिमाणमा स्वीकार गरी लिनु पर्नेछ ।
(५) बोलपत्र स्वीकृत भएको सूचना पाएको १५ दिन भित्र सम्पूर्ण रकम बुझाई अचल सम्पत्ति आप् नाउँमा नामसारी गरी लिनु पर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझाएमा धरौटी रकम स्वत ज हुने छ । रजिष्ट्रेशन गर्ने अड्डामा लाग्ने सरकारी दस्तुर, पूँजिगत लाभकर लगायत अन्य सम्पूर्ण दैद घर जग्गा खरिद गर्ने खरिदकर्ताले व्यहोर्न पर्नेछ ।
(६) बोलपत्र दाखिला भै सकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तहरुमा कुनै हेरफेर हुनेछैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुने टुंगो नलागे सम्म समान्यतया धरौटी रकम फिर्ता दिइने छैन ।
(७) रित नपुगेको वा म्याद नाघी पेश हुन आएको बोलपत्र स्वतः रद्द हुनेछ ।
(८) बोलपत्र स्वीकार वा अस्वीकार गर्ने र लिलाम सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकार बैंकमा निहीत रहनेछ ।
(९) बोलपत्र सदर बदर हुनु अगावै ऋणीले सम्पूर्ण रकम बुझाएमा प्राप्त बोलपत्रहरु रद्द गरी धरौटी फिर्ता दिन सकिने छ । धरौटी स्वरुप राखेको रकममा व्याज दावी गर्न पाईने छैन ।
(१०) लिलाम सूचना प्रकाशित मितिले ७ दिन भित्र बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्न सकिने अन्तिम मितिको भोलीपल्ट वा कार्यालय खुलेको दिनमो बैंकको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उक्त दिनको ३:०० बजे बोलपत्र खोलिने छ। बोलपत्र पेश यर्न सकिने अन्तिम दिनको कार्यालय समय भित्र सम्बन्धित ऋणी वा धितोवालाले बैंकको ऋण चुक्ता बुझाई धितो फुकुवा लैजान सक्ने छ ।
(११) प्राप्त भएका बोलपत्रहरु बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । यदि बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थिति नभएमा बोलपत्र खोल्न बाधा परेको मानिने छैन ।
(१२) सुरक्षणमा रहेका धितोहरुको आंशिक रुपमा पनि लिलाम गर्न सकिने छ ।
(१३) बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।
प्रतिक्रिया