काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्यमा १ सय रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया