प्रि–ओपनमा १४ अंक बढ्यो नेप्से

प्रि–ओपनमा १४ अंक बढ्यो नेप्से


काठमाडौं – दुई दिनपछि आज बुधबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक प्रि–ओपन सेसनमा १४.६९ अंक बढेको छ । प्रि–ओपन सेसनमा नै परिसूचक ०.४९ अंकले बढेको हो ।

यसक्रममा २ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ५० हजार कित्ता शेयर किनबेच भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।

यसपछि एलआईसी नेपालको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । प्रि–ओपन सेसनमा ५३ वटा कम्पनीको मूल्य बढ्दा २० वटाको घटेको छ भने २६ वटाको स्थिर छ ।